काठमाडौं ५ मा माओवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश
काठमाडाैं | कात्तिक २९, २०७९
काठमाडौं: काठमाडौं क्षेत्र नम्बर ५ मा गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट टोखा नगरपालिकाको मेयरमा उम्मेदवार बन्नुभएका शेखर श्रेष्ठसहित नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सोमबार टोखामा आयोजित कार्यक्रममा उहाँहरूलाई पार्टी प्रवेश गराउनुभएको हो ।
माओवादीका काठमाडौं जिल्ला कमिटीका सदस्य समेत रहनुभएका श्रेष्ठ २८ जना कार्यकर्तासहित एमालेमा प्रवेश गर्नुभयो । उहाँहरूलाई एक कार्यक्रमबीच एमालेमा नेता पोखरेलले स्वागत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पोखरेलसहित निर्वाचन परिचालन कमिटीका संयोजक शान्ति अधिकारी, प्रदेश सभाका उम्मेदवार दीपक निरौला लगायतले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्नुभयो ।
काँग्रेस र माओवादीबीचको गठबन्धन गलत भएकाले आफूले विद्रोह गरेको श्रेष्ठले बताउनुभयो । गत स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकाको मेयरमा उहाँले तेस्रो स्थान हासिल गर्नुभएको थियो । श्रेष्ठसँगै स्थानीय कार्यकर्ताहरू शेखर श्रेष्ठ, कृष्ण विक, सुरेन्द्र श्रेष्ठ, चेतबहादुर थापा, गङ्गालाल श्रेष्ठ, विनोद गौतम, नेत्रमान श्रेष्ठ, प्रकाश भण्डारी, सुनिता विष्ट, विशाल कार्की, विमल मगर, दिपेश श्रेष्ठ, रुपेश महर्जन, सीता भण्डारी, विकास थापामगर लगायत २८ जना एमाले प्रवेश गर्नुभयो ।
कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा प्रवेश गरेकाहरूलाई उचित जिम्मेवारी दिइने बताउनुभयो । एमालेको नेतृत्वमा मात्र देशको विकास सम्भव रहेको भन्दै उहाँले देशलाई माया गर्नेहरूलाई एमालेमा समाहित हुन आह्वान पनि गर्नुभयो । एमालेले जिते मात्र देशमा स्थिरता हुने उहाँले चर्चा गर्नुभयो ।
स्थानीय तह निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ का १५ वटा वडामध्ये एमाले एक्लैले ११ वटा वडामा जित हासिल गरेको छ । बाँकी ४ वडामा अध्यक्ष बाहेकका सदस्यहरू जितेको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

